दफा ८
बजेट सीमा र मार्गदर्शन पठाउने
(१) योजना आयोगले दफा ७ बमोजिमको स्रोत
अनुमान समितिबाट निर्धारित स्रोत तथा खर्चको सीमाको
अधीनमा रही आगामी तीन वर्षको बजेट तर्जुमाको लागि
बजेट सीमा, मध्यमकालीन खर्च संरचना खाका र राष्ट्रिय
गौरवको आयोजनाको बहुवर्षीय स्रोत सुनिश्चितता बमोजिमको
आवश्यक रकम समेत उल्लेख गरी आयोजना तथा कार्यक्रम
प्रस्ताव गर्ने सम्बन्धी मार्गदर्शन प्रत्येक आर्थिक वर्षको
फागुन सात गतेभित्र अर्थ मन्त्री समक्ष पेश गर्नु पर्नेछ।
त्यसरी आयोगबाट प्राप्त विवरणको आधारमा अर्थ मन्त्रालयले
बजेट सीमा र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गरी
फागुन, पन्ध्र गतेभित्र मन्त्रालय तथा केन्द्रीय निकायमा
पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम अर्थ मन्त्रालयले बजेट सीमा र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन पठाउँदा सम्बन्धित निकायले आर्जन गर्न सक्ने राजस्व रकम, आयोजना वा कायर्क्रमसँग सम्बन्धित वैदेशिक अनुदान तथा क्रद्घण रकम र प्रस्तावित बजेटको पुष्ट्याईँका लागि सम्बन्धित खर्च शीर्षकको लागि तोकिएको खर्चको मापदण्ड (नर्म्स) को आधारमा आवश्यक सम्पूर्ण विवरण उल्लेख गर्नु पर्नेछ।